रामेछाप निमार्ण व्यवसायी संघले दियो सदस्यलाई क्षमता विकास तालिम

रामेछाप । जिल्लामा रहेर लामो समयदेखी निमार्ण व्यवसायमा संलग्न रही काम गर्दै आएका आफ्ना सदस्यहरुलाई रामेछाप जिल्ला निमार्ण व्यवसायी संघले क्षमता विकास सम्वन्धी तालिमको आयोजना गरेको छ ।

सदरमुकाम मन्थलीमा विहिवारवाट शुरु गरिएको कन्ट्रक्सन मेनेजमेन्ट र लिडर सिप सम्वन्धी दुई दिवसिय तालिमको उद्घाटन एक औपचारीक कार्यक्रमको बिच रामेछाप निमार्ण व्यवसायी संघका जिल्ला अध्यक्ष बलराम श्रेष्ठले गरेका थिए । दुई दिनसम्म चल्ने उक्त तालिममा रामेछाप जिल्ला निमार्ण व्यवसायी संघमा आवद्ध करिव ५० जनाको सहभागीता रहेको छ ।

नेपाल निमार्ण व्यवसायी महासंघको आयोजना, निमार्ण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको प्रायोजन र रामेछाप जिल्ला निमार्ण व्यवसायी संघको प्रायोजनामा भएको दुई दिने उक्त तालिमको सहजीकरण प्रशिक्षक द्धय केशव राज आचार्य र बिकास देव योञ्जनले गर्दै आएका छन् ।

रामेछाप जिल्ला निमार्ण व्यवसायी संघको पदाधिकारीमा युवाहरुको वर्चस्व रहेको उक्त सघंले आफ्ना व्यवसायीहरुको हकहितको लागि विभिन्न रचनात्मक कार्यक्रमहरु समेत गर्दै आएको छ । पछिल्लो समय विभिन्न जिल्लाहरुमा निमार्णको काम गर्ने क्रममा व्यवसायीहरुवाट त्रुटी भएको भन्दै विभिन्न आवाज उठिरहेको बेला रामेछाप जिल्ला निमार्ण व्यवसायी संघले आफ्ना सदस्यहरुलाई क्षमता विकासमा टेवा पुगोस् भन्ने उद्धेश्यले कन्ट्रक्सन मेनेजमेन्ट र लिडर सिप सम्वन्धी तालिमको आयोजना गरिएको रामेछाप जिल्ला निमार्ण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरले जानकारी दिए ।

Scroll to Top