सुनकोशी–सित्खा लिफ्ट सिंचाई आयोजना ६ वर्षदेखी अलपत्र

रामेछाप । बागमती प्रदेश सरकारले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछाप मार्फत संचालन गरेको सित्खा सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखी अलपत्र अवस्थामा रहेको छ ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पु¥याउने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याएको थियो । विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग विसं २०७५ असार २९ मा १ करोड २९ लाख २ हजार ४ सय ४८ रुपैयामा सम्झौता भएको थियो । सम्झौता अनुसार निमार्ण व्यवसायीले करिव ६५ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् । निमार्ण व्यवसायीले सिंचाई विकास डिभिजन कार्यालय मार्फत ८३ लाख १७ हजार ४ सय ३३ रुपैयाँ भुक्तानी समेत लगेर आयोजना अरु बाँकी काम बिचमै अलपत्र अवस्थामा छाडेका हुन् ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा रहेको हजारौं रोपनी जमीन पानी नभएकै कारण त्यहाँका किसानहरुले खेती गर्न सकेका छैनन् । सम्म परेको फाँट जमीन मुनी सुनकोसी नदी बगीरहेता पनि उक्त पानी त्यहाँका किसानहरुले उक्त फाँटमा लान सकेका छैनन् । स्थानिय नागरिकहरुको मागको आधारमा प्रदेश सरकारले दिएको वजेटवाट उक्त आयोजना पुरा होला र फाँटमा बाह्रै महिना खेती गरौंला भन्ने किसानहरुको इच्छा अधुरै रहन पुगेको खाँडादेवी गाउँपालिका–३ सित्खाका गणेश माझीे बताउँछन् ।

स्थानीयले सिँचाइ अभावका कारण धान, गहुँ, मकै लगाउनुको सट्टा जमीन वाँझै छोड्न विवश छन् । आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि बनाइएका कृत्रिम पोखरी पनि पानी नभएर सुकेका छन् । नदीबाट पोखरीसम्म पु¥याइएका पाइप लाइन पनि बिग्रिएका र अलपत्र अवस्थामा रहेका छन् । आयोजना निमार्णको जिम्मेवारी लिएका निमार्ण व्यवसायी सम्र्पकमा नआएपछि पटकपटक जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापमा पुगेर आयोजना छिटो निमार्ण गरिदिन अनुरोध गर्दा पनि अहिलेसम्म उक्त कार्यालयले चासो नदिएको स्थानिय कृष्णबहादुर केसीले जानकारी दिए ।

उनले भने– निमार्ण व्यवसायीले धमाधम काम गरेको भए सम्झौता अनुसार नै काम सम्पन्न हुने थियो । तर कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गर्दा यो आयोजना बिचमै अलपत्र बन्न पुग्यो । निमार्ण भएका काम पनि अहिले त सबै भत्की सके । नदीवाट ल्याएको पाइप सबै टुक्राटुक्रा भएका छन् । पानी जम्मा गर्न बनाइएको पोखरी सबै फुटेर काम नै नलाग्ने गरी चिराचिरा भएका छन् । आयोजना यस्तो हुँदा समेत सरोकोरवाला कुनै निकायले पनि चासो नदिएको केसी बताउँछन् ।

आयोजनाको काम गर्ने जिम्मेवारी लिएका निमार्ण व्यवसायीले काम गर्दागर्दै बिचमा छाडेर हिडेपछि पटकपटक पत्राचार गर्दा समेत व्यवसायी सम्र्पकमा नआएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिए । उनले भने– सम्झौता बमोजिम बाँकी काम गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले ठेक्का सम्झौता रद्ध गरी विसं २०७७ कात्तिक २६ मा सार्वजनिक खरिद एकाइको कालोसूचीमा निर्माण कम्पनीलाई राखिएको इन्जिनियर मण्डलले बताए ।

कार्यालयसँग सम्र्पकमै नआएका निमार्ण व्यवसायीले आफ्नो फर्म कालोसूचीमा परेको थाहा पाएपछि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछाप बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेका छन् । सो मुद्धा अहिले पनि विचाराधिन अवस्थामा रहेकाले सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम झनै अन्यौल बन्न पुगेको हो ।

Scroll to Top