मासु पसलको छड्के अनुगमन

रामेछाप । मन्थली नगरपालिकाको नगर अनुगमन समितिका संयोजक एवं मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा निस्किएको अनुगमन टोलीले सदरमुकाम मन्थलीमा रहेका मासु पसलको अनुगमन गरेको छ ।

नेपालीहरुको महानचाड विजयादशमी, शुभदिपावली लगाएतका चाडवाडको बेलामा उपभोक्ताहरु नठगीउन भन्ने उद्धेश्यले मन्थली नगरपालिकाले मासु व्यवसायीहरुले अस्वस्थकर मासु विक्री गर्नसक्ने र मूल्य सूचीपनि फरकफरक राखेको हुनसक्ने भन्ने आशंकामा वजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मन्थली वजार, खाँदवारी, बसपार्क, ट्राफिक चोक, भुत्याखोला र गाईखुरामा गरी २४ वटा मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा सबै मासु पसलमा मूल्य एकरुपता भएको भेटिएको भएता पनि दर्ता विना नै तीनवटा पसल संञ्चालनमा रहेको भेटिएको थियो ।

दर्ता विना संञ्चालीत ती पसलहरुलाई १५ दिनभित्र पसल दर्ता प्रक्रिया पुरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको मन्थली नगरपालिका पशुसेवा शाखाका प्रमुख मुकुन्दकुमार खड्काले जानकारी दिए ।

अनुगमनको क्रममा केही मासु पसल अझै सुधार गरेर सुंञ्चालन गर्नुपर्ने देखिएकाले सोही अनुसार निर्देशन समेत दिइएको थियो । समग्रमा मन्थलीमा मासु पसल संञ्चालन गर्ने व्यवसायीहरु विगतको तुलनामा सरसफाई, भण्डारण र मूल्य सूचि राख्ने बिषयमा अब्बल रहेको भेटिएको थियो । दुईवटा टोली बनेर निस्किएको अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

Scroll to Top