विदेशबाट जाडो छल्न नेपाल आए चरा

रामेछाप । विगतका वर्षहरु झैं यसवर्ष पनि जाडो छल्न विदेशबाट विभिन्न प्रजातीका चराहरु नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।

जाडो छल्न चराहरु मंसिरको पहिलो हप्तावाट नेपाल आउने क्रम शुरु भएको हो । बाहिरी देशवाट आएका चराहरु अहिले नेपालका सुनसरी, सप्तरी र उदयपुरेको संङ्गमस्लमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । उक्त क्षेत्रमा वषर्ने नयाँ प्रजातीका चराहरु आउने गरेका छन् । विगतका वर्षहरु झैं यसवर्ष पनि विभिन्न समुह बनेर चराहरु आउने क्रम चलिरहेको भएता पनि गतवर्षको तुलनामा यसवर्ष चराको संख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार गएको वर्ष कोशीमा मात्र ५३ प्रजातिका ७ हजार ५ सय भन्दा बढी चराहरु नेपाल आएको तथ्याङ्क छ । चराहरु जाडो समयमा जाडो छल्न र बच्चा कोरल्न पाहुनाको रुपमा नेपाल आउने गरेका छन् । जाडो छल्न नेपाल आउने चराहरु मध्ये बार हेडेड गुस (खोया हाँस) को संख्यामा भने क्रमिक रुपमा घट्दो रहेको प्रमुख गौतमले बताए ।

कोशीटप्पु आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसार क्षेत्रमा पाहुना चरा झुण्डझुण्डमै आउने गरेका छन् । नेपालमा वर्षभरी नै विभिन्न प्रजातीका चराहरु रहन्छ भन्ने हुँदैन बर्ड वाचिङ क्याम्प कोशीटप्पुका संञ्चालक कुरमान मन्सुरीले जानकारी दिए । उनका अनुसार हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाईसराई वर्षभरी नै निरन्तर चलिरहने बताए ।

नेपालका विभिन्न भागवाट तथा दक्षिण भारत र साइबेरियासम्मका चराहरु बेतना सिमसारमा देख्न पाइन्छ । सिमसार क्षेत्रमा ४९ प्रजातीका चरा रहेको तथ्याङ्क छ । जसमा ७० प्रतिशत स्थानिय, १८ प्रतिशत हिउँदको समयमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मी सिजनमा आउने गरेका छन् । जसमा जाडो छल्न आउने चराहरु मंसिरदेखी फागुनसम्म बस्ने र चल्ला कोरलेर फर्कने गर्दछन ।

उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्दछन् । बर्सेनि करिब १ सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् ।अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

नेपालमा आउने आगन्तुक चरा बच्चा कोरल्न आउने गर्दछन् । बच्चा कोरलेपछि यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कने गर्दछन् । नेपालमा छाडो छल्न आउने चराहरु मध्ये करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुने गर्दछ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् ।

Scroll to Top