रामेछाप । फिलिपिन्सको दक्षिणी क्षेत्रमा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जानकारी दिएको छ ।
शुक्रवार दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको उक्त संस्थाले जनाएको छ । १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको जनाइएको छ । उक्त इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पु¥याउने समेत बताएको छ ।
Post Views: 160