उच्च हिमाली भू–भागमा हिमपात हुने

रामेछाप । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव परेसँगै आज उच्च हिमाली र पहाडी भूभागमा आंशिक बदली रही हिमपात हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागमा आज दिउँसो मौसम आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पछिल्लो समय देशभरको तापक्रम क्रमिक रुपमा घट्ने क्रम रहेकाले यसको असरवाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसम विज्ञान विभागले जनाएको छ ।

Scroll to Top