रामेछाप । अनलाइन मार्फत यौन व्यवसाय चलाउने रामेछापको दोरम्वा शैलुङ्ख गाउँपालिका–२ दोरम्वाका छत्रवहादुर रोक्कालाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रामेछापका रोक्का सहित सो समुहमा लागेर यौन व्यवसाय संञ्चालन गर्ने ५ जनालाई समेत पक्राउ गरेको हो । उनीहरुले काठमाण्डौ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेकाले पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा रामेछापका रोक्का बाहेक ओखलढुंगा लिखु गाउँपालिकाका गोपाल थापा, सिन्धुली सुनकोसी गाउँपालिकाका सेते सार्की, सल्यान कपुरकोटका शिवराज परियार र नुवाकोट विदुर नगरपालिकाका अमृत रोक्का रहेका छन् । पक्राउ परेका पाँचै जनालाई प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको रेग्मीले बताए ।