रामेछाप जेसिजको अध्यक्षमा–खत्री

रामेछाप । रामेछाप (जेसीज) २०२४ को अध्यक्षमा सन्तोष खत्री सर्वसम्मत रुपमा चुनिएका छन् । सदरमुकाम मन्थलीमा भएको १० औं साधारणसभा तथा नवौं शाखा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

सो अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ र सङ्गीता श्रेष्ठ तथा कानुनी सल्लाहकारमा विमल पौडेल र महासचिवमा यादव केसी सर्वसम्मत चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा भरत श्रेष्ठ, सह–सचिवमा राजन कुमार कार्की, कोषाध्यक्षमा विनोद रोका सर्वसम्मत भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा मनीषा काफ्ले, सरल घिमिरे, ईश्वर अधिकारी र अमन बुढाथोकी निर्वाचित भएका छन् ।

उक्त अधिवेशन अधिवेशन मन्थली नगरपालिका– ४ सालुका वडाध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्य र जेसीजका कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीको विशेष आतिथ्यमा सम्पन भएको थियो ।

Scroll to Top