सनराइज बैकद्धारा विद्यार्थीलाई स्विटर वितरण

रामेछाप । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिका–४ प्रितीमा रहेको सनराइज बैंकले विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ । सो बैकले चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १ देखी ५ सम्मका १ सय ४३ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो । सनराइव बैंक लिमिटेड प्रितीका प्रबन्धक सुनिल न्यौपानेको अध्यक्षता तथा उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवारको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख सुनुवारले दुर्गम गाउँमा बैंक स्थापना भएर ग्रामिण भेगका नागरिकहरुले बैकिङ्ग सेवा पाउँदा धेरै सहजता भएको जानकारी दिए ।
उनले भने– पहिला बैकंको सुविधा लिन गुम्देल देखी सदरमुकाम मन्थलीसम्म हजारौं रुपैयाँ खर्चेर जानु पर्ने वाध्यता थियो । अहिले गाउँमै बैंक आएपछि उक्त समस्या हल भएको छ । गाउँमा स्थापना भएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर थप उर्जा थपेको छ । हिमाली क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका बाह्रै महिना चिसो हुने गर्दछ ।

Scroll to Top