रामेछाप । आफ्नै विद्यालयमा अध्यनरत छात्रालाई ललाईफकाई बलात्कार गर्न प्रयास गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।
सो विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई शिक्षक सार्कीले गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिन्छु भनी ललाई फकाई गरी आफनै घर नजिकैको पुरानो घरमा लगि छात्राको संवेदनशिल अगं समाई बलात्कार गर्ने प्रयास गरेका थिए । सो घटनापछि छात्रा शिक्षकवाट भागेर बच्न सफल भएकी थिइन् ।
उक्त घटनापछि पिडीत छात्राले आफ्नो घरमा पुगी घटनाको बिषयमा अभिभावकलाई बताएकी थिइन । उक्त घटनाको बिषयमा पिडीत छात्राले आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गरेकी थिइन । सोही जाहेरीको आधारमा प्रहरीले शिक्षक सार्कीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।
शिक्षक सार्की लिखु तामाकोशी गाउँपालिकाले दिएको कम्प्युटर शिक्षा पढाउन अनुदान रकम दिएको थियो । सोही रकमवाट तलव भत्ता बुझ्दै आएका थिए ।