किशोरी बलात्कार गर्ने युवक पक्राउ

रामेछाप । विद्यालय छुट्टी भएर घर फर्कदै गरेकी लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीकी १७ बर्षिय किशोरीलाई जंगलमा समाई जर्वजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका २२ बर्षिय अम्वर बहादुर कडरिया रहेका छन् । कडेरियाले यहीँ पुस ३ गते मंगलवार दिउँसो २ वजेको समयमा सोही गाउँपालिका–६ खिम्तीको डल्ले चौताराको सामुदायिक जंगल हुँदै विद्यालयको पढाई सकेर घर फर्कदै गरेकी किशोरीलाई जर्वजस्ती समाई भुईमा लडाएर करणी गरेर फरार रहेका थिए ।

घटनापछि घाइते अवस्थामा घर पुगेकी ती किशोरीले आफु बलात्कृत भएको घटना परिवारका सदस्यलाई जानकारी गराएकी थिइन । युवकले जर्वस्ती गर्दा किशोरीको शरिरको विभिन्न भागमा चोट लागेको छ । सो घटनाको बिषयमा उनका परिवारले मंगलवार नै जिल्ला प्रहरी कार्यालय रामेछापमा जर्वजस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गराएका थिए । प्रहरीमा परेको जाहेरी पछि फरार रहेका कडेरीयालाई प्रहरीले वुधवार पक्राउ गरेको छ ।

पक्राउ परेका कडेरियालाई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

Scroll to Top