“समुदायमा काँग्रेस अभियान” कार्यक्रम लिएर काँग्रेस नेता गाउँगाउँमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले जिल्लाभर एकसाथ सहिद दिवसको अवसर पारेर समुदायमा “काँग्रेस अभियान” कार्यक्रम लिएर काँग्रेस नेताहरु गाउँगाउँ पुुगेका छन् ।

नेपाली काँग्रेस केन्द्रिय समितिले दिएको निर्देशन अनुसार काँग्रेस रामेछापले जिल्लाको २ नगरपालिका, ६ वटा गाउँपालिकाका ६४ वटै वडाहरुमा एकसाथ कार्यक्रम शुरु गरेको हो । अभियान कार्यक्रममा काँग्रेस रामेछापले जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई परिचालन गरेको छ ।

“समुदायमा जाँऔं,जनताका कुरा सुनौं, भन्ने मूल नाराका साथ नेपाली काँग्रेसले देशभर यहि माघ १३ गते देखि २६ गते सम्म विभिन्न सामाजिक कार्यक्रमहरु सहित अभियान सफल पार्ने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत खुल्ला तथा समुहगत छलफल, निर्दिष्ट भेटघाट,सेवा प्रवाह अवलोकन समेत गर्ने छन् ।

त्यस्तैगरी स्थानीय सरकार–वडा कार्यालयमा भ्रमण र संवाद, अभियानको शुभारम्भ लगाएतका कार्यक्रमहरु सम्पन्न गरी माघ २६ गते सुशील कोइराला स्मृति दिवसको अवसरमा उक्त कार्यक्रम समापन गरिने नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव दीपक खड्काले जानकारी दिए ।

Scroll to Top