रामेछाप । तामाङ समुदायको महानचाड सोनाम ल्होसारको अवसरमा रामेछापका दुई गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् ।
पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको रामेछापका सुनापति गाउँपालिका र दोरम्वा शैलुङ्ग गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । जसमा दोरम्वा शैलुङ्ग गाउँपालिकाले आइतवार सार्वजनिक विदा दिएको छ भने सुनापति गाउँपालिकाले भने आइतवार र सोमवार गरी दुई दिन स्थानिय पर्व विदावाट विदा कटौती हुने गरी सार्वजनिक विदा दिएको सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए ।
तामाङ समुदायको सोनाम ल्होसार पर्व शनिवार परेको भएता पनि सो दिन सार्वजनिक विदा परेको भन्दै दुवै पालिकामा बसेको कार्यपालिका बैठकले आइतवार र सोमवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे अनुसार विदा दिएका हुन् ।
Post Views: 105