रामेछाप । माझी समुदायको परम्परागत र जातीय रुपमा रहेको मझेसावा पुनर्गठन गरी नयाँ समिति गठन गरिएको छ ।
परम्परागत रूपमा प्रचलनमा रहेको मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै त्यसबाट माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले माझी समुदायको बाहुल्यता रहेको रामेछाप नगरपालिका,मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न स्थानमा मझेसावाको पुनर्गठन गरिएको गरिएको हो ।
माझी समुदायको बाहुल्यता रहेको सबैजसो स्थानमा समिति गठन गरी समितिलाई क्रियाशील बनाउने निर्णयका आधारमा रामेछाप नगरपालिका–९ रातटार र हर्देनी, मन्थली नगरपालिका–६ सेलेघाटमा समिति गठन गरिएको छ । त्यस्तै खाँडादेवी गाउँपालिका–१ लुभुघाट, कोथबे सित्खा, डफ्खा पुछिघाटमा पनि नयाँ नेतृत्व सहितको मझेसावा गठन गरिएको छ ।
त्यसैगरि खाँडादेवी–४ को रजगाउँ, मन्थली नगरपालिका–६ को भेटौली, मुगिटार र वडारेमा पनि समितिको गठन गरिएको थियो । त्यस्तै मन्थली नगरपालिका–८ जखनीटार, गाइखुरा र मन्थली–१ को मन्थली र मन्थली–२ को करमबोट, मन्थली–६को नवुघाट, मसानटार, हात्तिटार र कुनौरीमा पनि मझेसाबा पुनर्गठन गरिएको मझेसावाका जिल्ला सदस्य बालकृष्ण माझीले जानकारी दिए ।
समिति पुनर्गठन गरी नयाँ समिति निमार्णको लागि युवा अभियान्ता तथा संयोजक श्रीबहादुर माझी, नेपाल माझी उत्थान संघ जिल्ला सचिव मन्जु माझी, वर्तमान जिल्ला अध्यक्ष मनोज माझी, सदस्य टेकबहादुर माझी, पुर्व उपाध्यक्ष बलबीर माझी (जवराज), पुर्व समन्वय समितिको सदस्य गणेश बहादुर माझी, पुर्व विद्यार्थी अध्यक्ष बलबहादुर माझी, म.न.पा. अध्यक्ष रामबहादुर माझी, सदस्य मनिषा माझी, सदस्य लेखबहादुर माझी र सदस्य टंकबहादुर माझी समेतको टोलीलाई समिति गठन गर्न खटाइएको थियो ।
उक्त टोलीले एक हप्ताको विचमा विभिन्न २० गाउँमा पुगेर मझेसाबा पुर्नगठन गरेका थिए । सो अवसरमा उनीहरूले माझी जातिको प्रचलित परम्परागत रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै उनीहरूको आर्थिक तथा सामाजिक हैसियतमा सुधार गर्दे अघि बढ्नका लागि पनि परम्परागत र अलिखित रूपमा प्रचलनमा रहेको मझेसाबाको सबै गाउँका समितिहरुलाई पुनर्गठन गर्नुको जानकारी सोही अवसरमा गराइएको नेपाल माझी उत्थान संघ जिल्ला सचिव मन्जु माझीले जानकारी दिइन ।