रामेछाप । माझी समुदायको मुख्य ठूलो चाड कोशी पूजा (लदी पूजामा) को अवसरमा खाडाँदेवी गाउँपालिकाले आज स्थानिय विदा दिएको छ ।
गाउँपालिकाले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै माझी समुदायको कोशी पूजाको अवसरमा माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न संघसंस्थामा काम गर्दै आएकाको हकमा एकदिन स्थानिय विदा दिइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी माझी समुदायको कोशी पूजाको अवसरमा मन्थली नगरपालिकामा सञ्चालित निजी तथा आवासिय विद्यालयले पनि सार्वजनिक विदा दिएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनले माझी समुदायको लदी पर्व (कोशी पूजा)को अवसरमा मन्थली नगरपालिका वडा नं १ मन्थलीमा सञ्चालित लिटल स्टार इङ्ग्लिस स्कुल, तामाकोशी अङ्ग्रेजी आवासीय विद्यालय, केब्स स्कुल र मन्थली नगरपालिका–७ मुगीटारमा सञ्चालित नर्मदेश्वर बोर्डिङ स्कुलमा सार्वजनिक विदा दिएको हो ।
मन्थली नगरपालिका–१ मन्थली र वडा नं ७ भटौलीमा रहेका सवै संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्याब्सन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए ।