रामेछाप । हिजो देखी सुत्केरी व्यथा लागेर मरणासन्न अवस्थामा पुगेकी रामेछापको दोरम्वा शैलुङ गाउँपालिका–२ दोरम्वाकी एक युवतीको शुक्रवार दिउँसो हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
सुत्केरी व्यथा लागेर छटपटाई रहेकी दोरम्वा शैलुङ गाउँपालिका–२ दोरम्वाकी ४१ बर्षिय सपना तामाङको उद्धार गरी हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाण्डौं स्थित प्रसुती गृह पठाइएको रामेछापका बागमती प्रदेश सांसद युवराज चौलागाईले जानकारी दिए ।
उनले सुत्केरी हुन नसकेर छटपटाई मरणासन्न अवस्थामा पुगेकी युवतीको उद्धारको लागि आफुले तत्काल बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई खबर गरेर निःशुल्क हेलिकोप्टरको व्यवस्था गरी समयमा नै उद्धार गर्न सफल भएको भन्दै विरामी युवती सपना र शिशुको पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
Post Views: 175