रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँको लामाटोलमा आगलागीमा परी एक बृद्धा गम्भिर घाइते भएकी छिन् ।
आज विहान घर नजिकैको बारीमा जम्मा गरी राखेको पत्कर पोल्न निस्किएकी ८५ बर्षिय लालमाया तामाङ्ग आगलागीमा परी घाइते भएकी हुन् । पत्कर सल्काउने क्रममा दनदनी वलेको आँगो उनको शरीरमा शल्कदा उनी गम्भिर घाइते भएकी थिइन । आँगोलागीमा परेकी लालमाया चिच्याएको छिमेकीले सुनेपछि उनलाई घटनास्थलवाट तत्काल उद्धार गरिएको थियो ।
आगलागीवाट गम्भिर घाइते भएकी लालमायालाई स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि स्थानिय र प्रहरीको सहयोगमा श्रीयरलाईन्स कम्पनीको हेलिकप्टर मार्फत बर्निङ अस्पताल काठमाण्डौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Post Views: 156