
रामेछाप । पत्कर जलाउने क्रममा आगलागीमा परी घाइते भएकी मन्थली नगरपालिका–९ पुरानागाउँ स्थित लामाटोलकी ८५ बर्षिय बृद्धा लालमाया तामाङ्गको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको किर्तीपुर स्थित बर्निङ अस्पताल उपचारको क्रममा गएराती नै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । हिजो विहान बारीमा जम्मा पारी राखेको पत्कर जलाउन बारीमा गएकी लालमाया पत्कर जलाउँदै गर्दा अकस्मात आगो उनको शरिरमा सल्किएको थियो । घटनापछि तत्काल उद्धार गरी हेलिकोप्टर मार्फत उपचारको लागि किर्तिपुर स्थित बर्निङ अस्पताल पठाइएको थियो ।

Post Views: 187