सुन तोलाको १ लाख ३९ हजार पुग्यो

रामेछाप । सुनको मूल्य नेपाली बजारमा हालसम्मै उच्च पुगेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार सुन प्रति तोला १ लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एकाएक बृद्धि भई १ लाख ३९ हजार रूपैयाँ पुगेको हो ।

आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Scroll to Top