ग्याँस लिकबाट भयो आगलागी,एक घर जल्यो

रामेछाप । खाना पकाउने सिलिण्डर ग्याँस लिक भई आगलागी हुँदा मन्थली नगरपालिका–१३ फुलासीको देविटारमा एक घर जलेर नष्ट भएको छ ।

शनिवार विहान स्थानिय रामबहादुर गिरीको ४ कोठे घरमा आगलागी भएको हो । आगलागीवाट घर पूर्णरुपमा नष्ट भएको छ । गिरीको घरमा केही महिनादेखी दोलखाको मेलुङ गाउँपालिका–५ का खड्कवहादुर श्रेष्ठ र रामवहादुर खड्काले घर भाडामा लिई बस्दै आएका थिए । उनीहरु दुवैजना कोठा भाडामा लिएर लेबर काम गर्दै आएका थिए ।

आज विहान खाना पकाउने क्रममा ग्याँस र खाना पकाउने चुल्हो जोड्ने बिच भागको पाइपको बिचभागवाट आगलागी भएको हो । आगलागीवाट करिव ९ लाख बरारको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top