रामेछाप । रामेछाप नगरपालिका–३ साँघुटार स्थित ठाडा खोला नजिकै जंगलमा लागेको आगो बस्तीमा पस्दा उक्त आगलागी हुँदा ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आइतवार दिउँसो भएको आगलागीमा परी स्थानिय दिर्घमान श्रेष्ठको ३ वटा घर र खड्ग वहादुर कुमालको २ वटा घर र एउटा बस्तु बाध्ने मतान गरी ६ वटा घर जलेर नष्ट भएको रामेछाप नगरपालिका–३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिए ।
वस्ती नजिकै रहेको जंगलमा लागेको आगो हावाको वेग सँगै वस्तीमा पस्दा छ वटा घर जल्न पुगेको हो । आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाइते भएका छन् । आगलागीमा परी खड्ग वहादुरले पालेका ६० वटा बोइलर कुखुरा पनि जलेर नष्ट भएका छन् । आगलागीवाट घरमा भएको सबै लत्ता कपडा, खाद्यान्न, भाडाकुडा, नगद सबै जलेर नष्ट भएको छ ।
उक्त क्षेत्रमा अहिले पनि आगलागी भइरहेकाले स्थानियहरु मिलेर आगो निभाउने काम भइरहेको छ । आगलागीमा परी के कती क्षती भयो भन्ने विवरण आउन भने सकेको छैन् ।