
रामेछाप । मन्थली नगरपालिका–१ हाटेचौरमा स्कुटर दुर्घटनामा परेकी युवतीको उपचारको क्रममा मन्थली अस्पतालमा ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मन्थली नगरपालिका–१ हाटेचौरकी ३५ बर्षिया सरस्वती माझी रहेकी छिन् । हिजो साँझ मन्थली बजारबाट हाटेचौर तर्फ जादै गरेको उनी सवार बा ७२ प ९१७२ नम्वरको स्कुटर सडकमा नै अनियन्त्रित भई पल्टिएको थियो । घटनापछि तत्काल घटनास्थलवाट उद्धार गरी उनलाई उपचारको लागि मन्थली अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आइतवार विहान अस्पतालमा नै ज्यान गएको मन्थली अस्पताल श्रोतले जनाएको छ । पछिल्लो समय रामेछापमा दैनिक जसो सवारी दुर्घटनाहरु हुने गरेका छन् । दैनिक सवारी दुर्घटना भइरहदा प्रहरीले भने सवारी दुर्घटना न्युनीकरण सम्वन्धि कुनै सचेतीकरणका कार्यक्रमहरु संचालन गरेको देखिदैन ।
Post Views: 192