रामेछापमा आगलागीमा परी दुई घाइते

रामेछाप । मन्थली नगरपालिका–११ गेलु स्थित नाटिलामा आगलागीमा परी एकै घरका दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मन्थली नगरपालिका–११ गेलु नाटिलाका बलवहादुर लो (तामाङ) र बस माया तामाङ रहेका छन् । उनीहरु एकै घरका ससुरा र वुहारी हुन् । सोमवार दिउँसो घर नजिकै जंगलमा सल्किएको आगो अकस्मात उनीहरुको घरमा आइपुगेको थियो । आगोले घर र बस्तु बाध्ने गोठ जल्न थालेपछि हतार हतार बाधेको भैसी फुकाउन जाँदा उनीहरुलाई आगोले पोलेको हो । आगोबाट उनीहरुको शरिरको विभिन्न भागमा पोलेको छ ।

आगलागीवाट उनीहरु दुवैजना गम्भिर घाइते भएका छन् । उनीहरुको स्थानियहरुले घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं स्थित किर्तीपुर अस्पतालमा पठाइएको मन्थली नगरपालिका–११ का वडा अध्यक्ष भिमवहादुर थापामगरले जानकारी दिए ।

पछिल्लो समय रामेछापमा आगलागीका घटनाहरु दैनिक रुपमा बढ्दै गएका छन् । आगलागीवाट रामेछापमा केही व्यक्तिले ज्यान समेत गुमाएका छन् । आगलागीका घटना बढ्दा समेत स्थानिय तहका जनप्रतिनिधिहरु र डिभिजन वन कार्यालय रामेछापले अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन् ।

Scroll to Top