रामेछाप । रामेछाप नगरपालिका–८ चौकीटारमा घर आगलागी हुँदा घर भित्र रहेकी एक युवतीको जलेर मृत्यु भएको छ ।
बिहिबार दिउँसो घर नजिकै जंगलमा लागेको आँगो अकस्मात घरमा सल्किँदा घरभित्र रहेकी रामेछाप नगरपालिका–८ चौकीटारकी बर्ष ३२ की रमिता तामाङ्गको जलेर मृत्यु भएको हो । जंलगमा लागेको आगो हावाको वेगसँगै घरमा सल्कदा खरको छाना भएको दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
सोही घरमा रहेका ४८ वटा बाख्रा पनि आगलागीमा परी जलेर मरेका छन् । जंगलमा अहिले पनि भिषण आगलागी भइरहेकाले थप घटना हुनसक्ने रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङले जानकारी दिए ।
उनका अनुसार अहिले उक्त घटनास्थलमा प्रहरी चौकी रामेछाप डाँडावाट प्रहरी पुगेका छन् । मृतक रमिताको शव पूर्णरुपमा जलेको छ । उनको शव पोष्र्टमार्टको लागि जिल्ला अस्पताल लगिएको छ । अहिले घटनास्थलको अवस्था भयाभए रहेको अध्यक्ष तामाङले बताए