रामेछाप । घरमा रहेको साउन्ड सिस्टम बजाउन खोज्दा करेन्ट लागेर एक १३ बर्षिय बालकको घटनास्थलमा नै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँका १३ वर्षिय पाण्डव खट्टे रहेका छन् । उनले बुधवार बिहान घरमा ठूलो आवाजमा समाचार सुन्न रेडियोवाट तार लगेर स्पिकरमा जोड्न लाग्दा अकस्मात करेन्ट लागेर पाण्डवको घटनास्थलमा नै ज्यान गएको हो ।
घटनापछि उनको शव पोष्र्टमार्टमको लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा ल्याई पोष्टमार्टम पछि शव दाहसंस्कारको लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यायल रामेछापले जनाएको छ ।
Post Views: 142