रामेछाप । बलात्कार गरी फरार रहेर वैदेशिक रोजगारीको लागि रोमानिया पुगेका रामेछापका एक युवकलाई प्रहरीले बुधबार प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–९ पिङखुरीका २४ वर्षिय गौरब नेपाली रहेका छन् । नेपालमा बलात्कार गरी रोजगारीको लागि उनी भागेर केही वर्षअघि रोमानिया पुगेका
थिए । उनको खोजी गर्ने क्रममा नेपाल प्रहरीले फरार रहेका नेपाली रोमानिया पुगेको सूचना पाएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट रेड नोटिस जारी गरी रोमानियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोल मार्फत नेपाल ल्याइएका नेपालीलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ ।