ट्राफिक प्रहरीले शुरु गर्यो चालकको स्वास्थ्य परीक्षण

रामेछाप । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शनिवारवाट सवारी चालकको अवस्था बुुझ्न शारिरीक स्वास्थ्य परिक्षण कार्यक्रम शुरु गरेको छ ।

रामेछाप सामुदायिक अस्पतालको सहयोगमा चालकको स्वास्थ्य परिक्षण अभियान संचालन गरेको हो । जसमा जिल्लाको खिम्ती–मन्थली–सेलेघाट भएर चल्ने यात्रुुबाहब बस, जीप, अटो, मालवाहक सवारीसाधन र मोटरसाइकल चालकको स्वास्थ्य परीक्षण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले जानकारी दिए ।

सवारी चालकको चेकजाँच मन्थली नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक शनिवार बिहान ८ बजे देखी १० बजेसम्म ५० जना चालकको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएका चालकहरु मध्ये १० जनाको प्रेसर उच्च रहेको र एकजना चालकको प्रेसर लो देखिएको थियो । उनीहरुलाई उपचारमा संलग्न चिकित्सकले आवश्यक औषधी र उपचारको बिषयमा जानकारी गराएका थिए ।

पछिल्लो समय जिल्लामा सवारी दुुर्घटनाका घटना बढेसँगै ती घटनाहरुलाई कसरी न्युनीकरण गर्न सकिन्छ भनेर ट्राफिक प्रहरीले विभिन्न जनचेतना सम्वन्धी कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ ।

Scroll to Top