टोकरपुरमा पहिरोमा परी एघार जना वेपत्ता

रामेछाप । रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुर स्थित लेखर्क पहरीगाउँमा आज विहान ३.४५ वजे गएको पहिरोले चारवटा घर बगाएको छ ।

पहिरोमा परी एघारजना नागरिक वेपत्ता भएका छन् । वेपत्ता भएकाहरु मध्ये २ जनाको घटनास्थलमा शव फेला परेको र अन्य वाँकी ९ जनाको खोजीकार्य भइरहेको साथै सबैजनाको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

पहिरोले दोरम्वा र गाउँपालिकाको बिचमा रहेको अँधेरीखोलाको पुल पनि बगाएको छ । अन्य थप विवरहरु आउँन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिपकुमार सिंहले जानकारी दिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय टोकरपुरवाट खटिएको प्रहरीको टोली र स्थानियहरु उद्धारमा लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापवाट पनि प्रहरी नायव उपरीक्षक सहितको टोली घटनास्थलतर्फ जादै गरेको छ । सदरमुकाम मन्थलीवाट उक्त स्थानमा पुग्न सवारीसाधनमा करिव ४ घण्टा टाढा पर्दछ ।

Scroll to Top