पहिरोमा परी चार घर बगे,७ शव फेला,३ अझै बेपत्ता

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेख खर्कमा पहिरोले चार घर बगाउँदा ७ जनाको ज्यान गएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा एकै घरका उर्मीला पहरी उनका छोरा विज्ञान पहरी, नातीहरु संन्दीप पहरी र सन्तोष पहरी रहेका छन् । त्यसैगरी वर्ष ३० की चण्डीका श्रेष्ठ, र उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ र ७५ बर्षिय पुड्की पहरी रहेका छन् । यसवाहेक पहिरोमा परी घाइते अवस्थामा अञ्जना पहरीको भने स्थानिय, नेपाली सेना र प्रहरीको टोलीले घटनास्थलवाट जिवीतै उद्धार गरेको थियो ।

घाइते पहरीको स्थानिय स्तरमा नै सामान्य प्राथमिक उपचारपछि थप उपचारको लागि हिजै काठमाण्डौं स्थित केएमसी अस्पताल पठाइएको छ । यसवाहेक उक्त पहिरोमा करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता रहेको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

Scroll to Top