
रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहकी ६० बर्षिय सुन्तलीमै तामाङ्गको आँखामा धुलो खुर्सानी छर्केर सुन चोरी गर्ने युवक पक्राउ परेका छन् ।

गत साउन ३० गते वडा कार्यालयमा एकल महिला भत्ताको लागि कार्ड नविकरण गरेर घर फर्कदै गरेकी तामाङ्गलाई सोही वडाको आइरन खोलामा ढुकी बसेका लिखु तामाकोशी गाउँपालिका–५ नागदह आहालडाँकाका १९ वर्षिय चन्द्र घिसिङ्गलाई प्रहरीले सुन सहित पक्राउ गरेका छ । बृद्धालाई फर्कदै गरेको देखेपछि घिसिङ्गले खोलामा एक्लै पारी आँखामा खुर्सानीको धुलो छर्केर उनले कानमा लगाएको डेढ तोलाको सुनको रिङ्ग चोरी गरी फरार भएका थिए ।

उक्त घटनापछि बृद्धा महिला रोई कराएको आवाज सुनेपछि स्थानिय गाउँलेहरु उक्त स्थानमा पुगेका थिए । घटनास्थलमा पुगेका स्थानिय गाउँलेहरुलाई बृद्धा तामाङ्गले आफ्नो आँखामा खुर्सानीको धुलो छर्केर कानमा लगाएको सुन चोरी भएको सुनाएपछि गाउँलेहरु चोरको खोजीमा जुटेका थिए । स्थानियहरुले उक्त घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा समेत जानकारी गराएसँगै खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा घिसिङ्गलाई सुन सहित शनिवार पक्राउ गरेको हो ।
पक्राउ परेका घिसिङ्गलाई प्रहरीले आइतवार डाँका मुद्धामा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।