जिसस रामेछाप द्वारा ठुला योजनाको अनुगमन

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । समन्वय समितिले जिल्लाको उमाकुण्ड गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको बिहीबार र शुक्रबार अनुगमन गरेको हो ।
उमाकुण्ड गाउँपालिका, गाउँपालिका, बागमती प्रदेश सरकार, र संघिय सरकारको लगानिमा निर्माणधिन योजनाहरुको अनुगमन गरि आवश्यक सल्लाह सहित सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले बताइन । समन्वय प्रमुख कार्कीले भनिन आज भोलि भर्खर काम शुरु भएको छ । शुरुमा सल्लाह दिदा राम्रो काम हुन सक्छ । समन्वयका इन्जिनियर सम्पत न्यौंपाने, समन्वय अधिकारी बिनिता भट्टराई समन्यव उपप्रमुख प्रेम सागर थापा लगाएत हामीले योजनाहरु हेर्यौं । केहि स्थानमा सल्लाह सुझाब दिएका छौं । पकैं पनि उहाँहरुले हाम्रो सल्लाहलाई सकारात्मक ढंगले लिने छ भन्ने बिश्वास लिएका छौं । कामको अनुगमन निष्पक्ष हुन्छ । अनुगमनको क्रममा देखिएका केहि कमी कम्जोरीहरू सुधार्न सल्लाह दिएका छौं यदि अटेर गरे कानुन अनुसार कार्बाहि हुन्छ । प्रमुख कार्कीले भनिन् ।
त्यस्तै गरि उप्रमुख प्रेमसागर थापाले हामीले २० लाख भन्दा माथीको योजनाहरु हेरेर सल्लाह दिदै आएका छौं जसको कारण बिकास निर्माणको कामले गति लिने छ । जिल्लाको ८ वटै पालिकामा रहेका ठुला योजनाहरु हेर्ने लक्ष्य लिएका छौं उपप्रमुख थापाले भने ।
त्यसैगरी इन्जिनियर सम्पत न्यौपानेले भने हामीले पालिकामा सञ्चालित योजनाहरु हरेका छौं धेरै योजनाको काम राम्रो छ । केहि योजनामा भने सल्लाह दिएका छौं । अनुगमनको क्रममा निर्माण व्यवसायि र उपभोक्ता समितिहरुलाई प्राबिधिक ज्ञान सहित सुझब दिने गरेका छौ । जसको कारण निर्माण राम्रो हुने छ । पालिकाका प्राबिधिकहरु संग पनि बसेर समन्वय गर्ने काम भएको छ । न्यौंपानेले भने ।

Scroll to Top