गाडी दुर्घटनामा वडा सदस्यको ज्यान गयो, दुईको अवस्था गम्भिर

रामेछाप । मन्थली नगरपालिका–१ मन्थली वजारवाट मन्थली नगरपालिका–४ सालु तर्फ जादै गरेको बा १८ च १८३९ नम्वरको डबल क्याव बलेरो गाडी दुर्घटना हुँदा सो गाडीमा सवार मन्थली नगरपालिका–४ की वडा सदस्य पदमाया नेपालीको ज्यान गएको छ ।

आइतवार दिउँसो मन्थलीबाट सालु तर्फ जादै गरेको उक्त गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे भन्ने स्थानमा दुर्घटना भएको होे । गाडी दुर्घटनामा परी उक्त गाडीमा सवार ६ जना घाइते भएका छन् । घाइते मध्ये गाडी चालक गुणकुमार थापामगर र यात्री दिलीप बरुवाल गम्भिर घाइते भएका छन् । अन्य घाइते हुनेहरुमा सिता नेपाली, र उनकी छोरी रोनिसा नेपाली, सुजिता विक र सरीता नेपाली रहेका छन् ।

घाइतेहरुको घटनास्थलवाट स्थानियहरुले उद्धार गरी मन्थली स्थित रामेछाप सामुदायिक अस्पताल उपचार पछि गम्भिर घाइते भएका चालक गुणकुमार थापामगर र दिलीप बरुवाललाई थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । जसमा बरुवाललाई धुलीखेल अस्पताल र मगरलाई छाउनी अस्पतालमा रिफर गरिएको रामेछाप सामुदायिक अस्पतालमका चिकित्सकले बताएका छन् । अन्य घाइतेहरुको हाल सोही अस्पतालमा उपचार भईरहेको मन्थली नगरपालिका–४ का वडा अध्यक्ष राजन प्रसाद घिमिरेले जानकारी दिए ।

दुर्घटना के कती कारणले भएको भन्ने बिषय अझै खुल्न सकेको छैन । घटनाको बिषयमा थप अनुसन्धान गरेर मात्रै जानकारी गराइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top