वडा अध्यक्षको निधनमा गाउँपालिकाले आइतवार शोक बिदा दिने

रामेछाप । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले भोलि आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र जारी गर्दै आइतबार भोलि शोक बिदा दिने जानकारी गराएको हो ।

गाउँपालिकाले १६ गते आइतबार पालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक शैक्षिक संस्थाहरू समेतमा शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले जानकारी दिए ।

Scroll to Top