रामेछाप । घरमा लुकाई छिपाई राखेको तीनथान भरुवा बन्दुक र बारुद सहित रामेछापको खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । श्रेष्ठले घरमा लुकाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक ३ थान र बारुद जस्तो देखिने धुलो १२५ ग्राम बरामद गरिएको हो ।
बिषेस सुराकीको आधारा प्रहरीले बिहिवार श्रेष्ठको घरमा छापा मारेर हतियार र बारुद वरामद बिहिबार हतियारसहित पक्राउ गरी हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी शुक्रवार रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Post Views: 50