काठमाडौं । काठमाण्डौंका पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।
महानगरपालिकाले महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाएको छ ।
काठमाण्डौं नगरपालिकामा पीएल सिंह २०४९ सालमा काठमाण्डौं नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । मेयर सिंहकै पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
८८ वर्षको उमेरमा सिंहको गएराति १ बजे निधन भएको हो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो । उनले सर्वमान्य नेता गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए ।
Post Views: 39