जेष्ठ नागरिक दिवस मनाउन मन्त्रालयले गर्यो स्थानिय तहलाई पत्राचार

काठमाण्डौं । पुस ११ गते चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

संघीय मामिला मन्त्रालयले मंगलबार देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर पुस ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन निर्देशन दिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष ‘सभ्य समाजको आधार ः ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागेको हो ।

Scroll to Top