टिपरको ढालाबाट खस्दा टिपर सह–चालकको ज्यान गयो

रामेछाप । मन्थली नगरपालिका–१ भैश्वेश्वरमा गुडिरहेको प्रदेश नं ३०१००३ क ५७६४ नम्वरको टिपरको ढालाबाट खस्दा टिपर सह–चालकको ज्यान गएको छ ।

आज दिउँसो मन्थली नगरपालिका–१ सुकाजोर खोलावाट बालुवा लिएर मन्थली नगरपालिका–४ सालु तर्फ जादै गरेको टिपरको ढालाबाट लडि गम्भिर घाइते भएका मन्थली नगरपालिका–४ सालु अर्चलेका ३२ बर्षिय नारायण वस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

मन्थलीवाट वालुवा लिएर सालु तर्फ जादै गरेको (गुडिरहेको) टिपरको ढालामाथि बसेका बस्नेत मन्थलीकै भैश्वेश्वर नजिकै सडकको भुईमा अकस्मात बजारिन पुगेका थिए । घटनास्थलमा गम्भिर घाइते भएका वस्नेतको प्रहरीले तत्काल उद्धार गरी सदरमुमकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारको क्रममा वस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए ।

घटनापछि प्रहरीले टिपर र टिपर चालक मन्थली नगरपालिका–५ सुनारपानी वस्ने वर्ष ३४ का कुमार कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको जनाएको छ ।

Scroll to Top