
रामेछाप । रामेछाप नगरपालिका–८ रामेछापको भंगरी स्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो एक बृद्धको शव फेला परेको छ ।

उक्त शव सोही नगरपालिका–८ बावियाखर्कका ६७ बर्षिय रामकृष्ण बुढाथोकीको रहेको प्रहरीले जनाएको छ । मृतक बुढाथोकी विहिवार देखी घर परिवारको सम्र्पकमा थिएनन् । घरबाट एकाएक सम्र्पक विहिन भएका बुढाथोकीको परिवारका सदस्यहरुले खोजी जारी राखेका थिए । शनिवार दिउँसो धारापानी स्थित पोखरीमा घोप्टो परेको अवस्थामा वुढाथोकीको शव देखेपछि स्थानियहरुले उनका परिवारलाई खवर गरेका थिए ।

उनको शव घटनास्थलवाट निकाली पोष्र्टमार्टमको लागि मन्थली अस्पताल पठाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 37