
रामेछाप । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको प्रथम जिल्ला अधिवेशनले नबिन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्वाचित भएका छन् ।

सदरमुकाम मन्थलीमा शनिवार भएको प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशनले समितिको महिला उपाध्यक्षमा अञ्जु घिमिरे, उपाध्यक्षमा दामोदर प्रसाद घिमिरे, सचिवमा सुन्दर घिमिरे, सहसचिवमा बेदकुमार घिमिरे र कोषाध्यक्षमा सुन्दर घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा विनोद घिमिरे, दुर्गा घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, शिवजी घिमिरे, शिवजि घिमिरे, डोरदेव घिमिरे, सरस्वति घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको जिल्ला तदर्थ समितिका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको सो प्रथम अधिवेशनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । अधिवेशन उद्घाटन गर्ने क्रममा सभामुख घिमिरेले विभिन्न भागमा छरिएर रहेका घिमिरे वन्धुहरुलाई एकै संस्थामा ल्याउन र एकअर्काको सहयोगी भावनाको विकास गर्नका लागि प्रतिष्ठानले काम गर्नुपर्ने वताए ।
सोही कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ लगाएतका बक्ताले प्रतिष्ठानको महत्व आगामी दिनमा गर्नुपर्ने कामको बिषयमा आआफ्नो धारणा राखेका थिए ।