माओवादी केन्द्र मन्थली नगर अध्यक्षमा–बलम्पाकी

रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगरपालिकाको अध्यक्षमा भक्त बहादुर बलम्पाकी निर्विरोध निर्वाचित भएका छन् ।

मन्थलीमा सम्पन्न माओवादी केन्द्र मन्थली नगरपालिकाको दोस्रो सम्मेलनले बलम्पाकीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षमा नारायणदास श्रेष्ठ, राजेन्द्र कार्की र गङ्गालाल गोले निर्विरोध निर्वाचित भएका छन् भने कमिटीको सह–इन्चार्जमा दीपकराज प्रसाई र दिलीपराज गिरी चयन भएका छन् ।

त्यसैगरी कमिटीको सचिवमा रामबहादुर तामाङ, सह–सचिवमा गणेश माझी र कोषाध्यक्षमा हिरा कुमारी गिरी चयन भएका हुन् । त्यस्तै कमिटीको सदस्यहरूमा कुंगलाल तामाङ, जितबहादुर घिसिङ र युवराज सुबेदी निर्विरोध निर्वाचित भएका हुन ।

Scroll to Top