
रामेछाप । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम मन्थलीमा तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता साथै प्रथम महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

शनिवारबाट शुरु भएको उक्त प्रतियोगीता फागुन ७ गते बुधवारसम्म सञ्चालन हुने छ । बिगत वर्षहरुमा पुरुष तर्पm मात्रै भलिवल प्रतियोगीता गर्दै आएको मन्थली नगरले यसवर्षबाट महिला तर्फ पनि भलिवल प्रतियोगीता समावेश गरेको हो । प्रतियोगीतामा नगर भित्रका १४ टिम पुरुष र ७ टिम महिला गरी कुल २१ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान हासिल गर्नेले क्रमशः एक लाख, ७५ हजार र ५० हजार र ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गर्ने छन् ।
त्यसैगरी महिला तर्फको खेलकुदमा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने टिमले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद, प्रमाणपत्र, ट्रफि र मेडल हात पार्ने छन् ।
खेलकुद प्रतियोगीता सम्पन्न गर्न कुल १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए ।