देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष–उदास सम्मानित

रामेछाप । मन्थली नगरपालिका १ नं वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न अतुलनिय सहयोग गरेको भन्दै मन्थली नगरपालिका–१ देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदास बुधवार सम्मानित भएका छन् ।

उदासलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ्गले सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका हुन् । देवकोटा चोक टोल सुधार समितिले सदरमुकाम मन्थलीमा विभिन्न कार्यक्रमहरुमा खुलेर सहयोग गर्दै आएको छ ।

टोल सुधार समितिकै अग्रसरतामा देवकोटा चोकमा बिगत वर्षदेखी नागरिकहरुलाई स्वच्छ खानेपानीको व्यवस्थापन समेत गर्दै आएको छ । त्यस्तै सदरमुकाम मन्थलीमा हुने विभिन्न कार्यक्रमहरुमा टोल सुधार समितिले विभिन्न सहयोग गर्दै आएको छ । यस अघि पनि विभिन्न समयमा उत्कृष्ट कार्य गरेको भन्दै देवकोटा चोक टोल सुधार समितिका अध्यक्ष उदास सम्मानित हुँदै आएका छन् ।

वडा कार्यालयको आयोजनामा भएको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको अवसरमा वडा भित्र उत्कृष्ट कार्य गर्ने विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।

Scroll to Top