अवरुद्ध सडक दुईतर्फी खुल्यो

रामेछाप । गएरातीको निरन्तर वर्षातका कारण गएको पहिरोले पुष्पलाल राजमार्ग अन्तर्गत खिम्ती खोला नजिकको पहिरो हटाएपछि दुई तर्फी यातायातका साधन संञ्चालनमा आएका छन् ।

सो राजमार्ग अन्तर्गत दोलखा जिल्ला तामाकोशी गाउँपालिकाको खिम्ती खोला नजिकै सडक माथीवाट झरेको पहिरोका कारण यातायातका साधनहरु पूर्णरुपमा अवरुद्ध हुन पुगेको थियो । पहिरो झरेपछि रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको चरिकोट तर्फ जाने यातायातका साधनहरु ठप्प भएपछि प्रहरीले जेसिभी लगाएर पहिरो पन्छाए पछि दुई तर्फी सडक सञ्चालनमा आएको हो ।

Scroll to Top