रामेछापका एक हजार ७ सय ९१ भूमिहिन परिवारलाई निस्सा वितरण

रामेछाप । रामेछापमा भूमिहिन रहेका १ हजार ७ सय ९१ घर परिवारलाई भूमि समस्या समाधान आयोग रामेछापले निस्सा वितरण गरेको छ ।

आयोगले जिल्लाका ८ वटै स्थानिय तहका २२ वटा वडाहरुमा रहेका भूमिहिन व्यक्तीको पहिचान गरी निस्सा वितरण गरेको हो । जसमध्ये मन्थली नगरपालिकाको ९ वटा वडा, दोरम्बा शैलुङ गाउँपालिकाको ४ वटा वडा, सुनापती गाउँपालिकाको ३ वटा वडा र खाँडादेवी गाउँपालिकाको एक वडा गरी १७ वटा वडामा भूमिहीन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासीहरु कसैले पनि निवेदन पेश नगरेको भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतम लामाले जानकारी दिए ।

आयोगको कार्यालयमा प्राप्त निवेदहरु मध्ये १५ वटा भूमिहिन दलित, एकसय ७ वटा भूमिहिन सुकुम्वासी र ३ हजार १ सय १२ परिवारले अव्यवस्थित बसोवासको लागि रहेको छ । प्राप्त निवेदनको आधारमा आयोगको निवेदनको छानविन,नक्साङ्कन र प्रमाणिकरणको कार्य अगाडी बढेको छ । प्रक्रिया पुरा भएमा आगामी कार्तिक मसान्तसम्म भूमिहिनहरुलाई लालपूर्जा वितरण गर्ने गरी काम अघि वढाइएको अध्यक्ष लामाले बताए ।

Scroll to Top