रामेछाप । मन्थली नगरपालिका–१ आकाशे स्थित केरावारी टोलतर्फ जाने सडक ढलान गर्न मिक्चर लैजाने क्रममा सो मिक्चर ढलेर किच्दा एक घाइते भएका छन् ।


घाइते हुनेमा मन्थली नगरपालिका–८ चिसापानीका ३८ वर्षिय राजन श्रेष्ठ रहेका छन् । शुक्रवार विहान सडक ढलानको लागि मेन सडकवाट मिक्चर मानिसहरुले धकेली उकालो सडक तर्फ लैजाने क्रममा अकस्मात मिक्चर पल्टीएर श्रेष्ठलाई किचेको थियो ।

तत्काल उनको घटनास्थलवाट उद्धार गरी मन्थली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि हिजै एम्वुलेन्स मार्फत काठमाण्डौं पठाइएको छ । घाइते श्रेठको दाहिने खुट्टा र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Post Views: 37