एसइई परीक्षामा रामेछापका ७२.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछाप । रामेछापवाट २०८१ सालमा एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये ७२.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा दुई हजार ३ सय ९ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये एक हजार ६ सय ७१ अर्थात ७२.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए ।

जसमध्ये २ सय १३ जनाले ३.६१–४.०० जिपिए ल्याएर उत्तीर्ण भएका छन् । त्यसैगरी ३.२१–३.६० जिपिए ल्याएर ४ सय ८६ जना, २.८१–३.२० जिपिए ल्याएर ६ सय ८१ जना, २.४१–२.८० ल्याएर २ सय ८२ जना र २.००–२.४० जिपिए ल्याएर ९ जना उत्तीर्ण भएका छन् । परीक्षामा सहभागि भएका मध्ये ६ सय ३८ जना ननग्रेड (फेल) भएका प्रमुख गजुरेलले बताए ।

Scroll to Top