विद्यार्थीलाई गर्यो चितुवाले आक्रमण,एक घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित खैरेनीपुल नजिकै विद्यालय जादै गरेका एक बालकलाई चितुवाले आक्रमण गर्दा घाइते भएका छन् ।

घाइते हुनेमा स्थानिय बुद्धविर माझीको छोरा वर्ष ११ का अमृत माझी रहेका छन् । आइतवार विहान घरवाट सदा झै विद्यालय जान हिडेका अमृतलाई खैरेनीपुल नजिकै पुग्दा चितुवाले एक्कासी आक्रमण गर्दा अमृत चितुवावाट बालबाल बचेका थिए । चितुवाको आक्रमणवाट अमृतको टाउँको, निधार र आँखामा चोट लागेको छ ।

बाटोमा हिड्दै गर्दा अचानक जंगलवाट जम्प गरी बालक माथि चितुवाले आक्रमण गरेको थियो । उनी भन्दा पछाडी पैदल हिड्दै गरेका केही व्यक्तीले चितुवाले बालक माथि आक्रमण गरेको देखेपछि उनीहरुले चितुवा लखेटेका थिए । घाइते बालकलाई हिजै दिउँसो उनका बुबा बुद्धविरले उपचारको लागि काभ्रेको भकुण्डेवेसी अस्पताल तर्फ लगेको इलाका प्रहरी कार्यालय चोप्राङ्गले जनाएको छ ।

Scroll to Top