करेन्ट लागेर एक महिला घाइते

रामेछाप । मन्थली नगरपालिका–१ कुडहरमा करेन्ट लागेर एक महिला घाइते भएकी छिन् ।

करेन्ट लागी घाइते हुनेमा मन्थली नगरपालिका–१ बस्ने वर्ष ४१ की सुमित्रा पौडेल रहेकी छिन् । शनिवार दिउँसो घरको आफु सुत्ने कोठा सफा गर्ने क्रममा मन्टिपल्कमा हातले छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनलाई तत्काल मन्थली स्थित तामाकोशी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

उनको उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ स्थित केएमसी अस्पताल सिनामंगल रिफर गरिएको र उनको हाल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top