खोलाले बगाउँदा एक महिला गम्भिर घाइते

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुर स्थित ठाडोबारीकी एक महिला सोही स्थानको ढोईखोला तर्ने क्रममा खोलाले बगाउँदा गम्भिर घाइते भएकी छिन् ।

घाइते हुनेमा दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुर स्थित ठाडोबारीकी वर्ष ५५ की शिवकुमारी मगर रहेकी छिन् । शनिवार दिउँसो स्थानिय ढोई खोला तर्ने क्रममा खोलाले अचनाक करिव २० मिटर बगाएको थियो । शिव कुमारीलाई खोलाले बगाउँदै गरेको स्थानियहरुले देखेपछि उनको उद्धार गरेका थिए ।

खोलाले बगाउँदा उनलाई मुख लगाएतका विभिन्न स्थानमा चोट लागेको छ । उनको स्थानिय टोरकपुर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि एम्वुलेन्स मार्फत काठमाण्डौं स्थित ट्रमा सेन्टर पठाइएको छ । हाल उनको उपचारको भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top