रामेछापका दुई गाउँपालिकाको प्रशासन महिलाले हाक्ने

रामेछाप । उमाकुण्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको प्रशासन हाँक्न दुई महिला रामेछाप आउने भएका छन् ।

केही महिना देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेका उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाको प्रशासन हाक्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिला कर्मचारी खटाएको हो । मन्त्रालयले उमाकुण्ड गाउँपालिकामा सुनिता अर्याल र लिखु तामाकोशी गाउँपालिकामा यशोदा थापालाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

उनीहरु लोक सेवा आयोगवाट सिफारिस भई अतिरिक्त समुहमा रहेका ३९ औं आभारभूत प्रशासन प्रशिक्षण प्राप्त अधिकृत हुन । दुवै अधिकृत केही महिनादेखी संघीय मामिला मन्त्रालयमा कार्यरत रहेका थिए । मन्त्रालयले वुधवार एकै पटक एक सय १४ जना अधिकृतहरुको विभिन्न जिल्लामा सरुवा गरेको हो ।

रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड र पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकामा यसअघि आएका अधिकासं प्रमुख प्रशासकिय अधिकृत छ महिना पनि टिक्ने गरेका छैनन् । जनप्रतिनिधिहरुको दवावका कारण त्यहाँ आउने अधिंकास अधिकृत अवधि नपुग्दै सरुवा भएर जाने गरेका छन् । केही महिना अघिदेखी रामेछापको दोरम्वा शैलुङ्ग, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका छन् । ती गाउँपालिकामा अहिले निमित्तको भरमा कार्यालय संञ्चालन हुँदै आएका छन् ।

Scroll to Top